२८ आश्विन २०८३, बुधबार

गिनिज बुकमा नाम लेखाउँदै धुर्मुस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhurmusकाठमाडौं । हास्यकलाकार सीताराम कट्टेल अर्थात धुर्मुस । दर्शकलाई पेट मिचीमिची हसाउँन खप्पिस धुर्मुस यतिबेला नयाँ कीर्तिमानी कायम गर्न व्यस्त छन् । धुर्मुसले कीर्तिमानी ? आश्चर्य पनि लाग्नसक्छ ।

हो, चलचित्रको पर्दामा विभिन्न भेषमा देखिने धुर्मुस उनको यही भेषलाई विश्व कीर्तिमानमा दर्ज गराउन खोजेका हुन् । हाँस्यश्रृखला ‘मेरी बास्सै’मा आफूले निर्वाह गरिसकेको बिभिन्न भूमिकाबाट गिनिज बुकमा नाम लेखाउने तयारी गरेको उनले बताए ।

धुर्मुसका अनुसार, एकै सिरियलमा धेरै भूमिका निर्वाह गर्ने सम्भवतः उनी नै पहिलो व्यक्ति हुन् ।

धुर्मुस मेरी बास्सैमा आधा दर्जन भन्दा धेरै भूमिकामा देखिने गरेका छन् । गिनिजबुकमा नाम लेखाउन उनले आफ्नो श्रृंखलाको पुराना भागमा रहेका फरक फरक भूमिकाको संकलन गरिरहेका छन् । संकलन कार्य सकिनासाथ गिनिजबुकमा नाम लेखाउने प्रक्रिया सुरु गर्ने उनले बताए ।

‘मेरी बास्सै’मा अभिनय तथा निर्देशन गर्दै आएका धुर्मुसले थुप्रै चलचित्रमा अभिनय गरेका छन् । म्युजिक भिडियो निर्देशन गरिसकेका धुर्मुस अब चलचित्रको निर्देशनमा पनि लाग्ने तयारीमा छन् ।

Dhurmus6Dhurmus1Dhurmus2Dhurmus4