१ कार्तिक २०८३, शनिबार

शरिफलाई स्वास्थ्य जाँचमा रोक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामाबाद, ८ साउन । पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफ उच्च रक्तचापको कारण बिरामी परे पनि स्वास्थ्य जाँच गर्न नदिएको खुलासा भएको छ ।

उनले आफ्नो पारिवारिक चिकित्सकसँग नै जाँच गराउनका लागि दिएको निवेदन पनि अस्वीकृत गरिएको छ ।

पाकिस्तान सरकारका स्वास्थ्य अधिकारीले नै उनको निवेदन अस्वीकार गरेको शरिफको पार्टी मुस्लिम लिग, नवाज (पिएमएल–एन)ले सोमबार सो जानकारी दिएको छ ।

पाकिस्तानमा आगामी बुधबार आमनिर्वाचन हुन लागेको छ । सो निर्वाचनमा पाकिस्तानमा शक्तिशाली मानिएको सेनाको समूहले पिएमएल–एनविरुद्ध मतदान गराउने कोाशिस गरेको सरोकारवालाहरुले बताएका छन् ।

यसै महिनाको शुरुमा पाकिस्तान फर्किएका शरिफलाई लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको थियो ।

शरिफलाई हालै मात्र अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो ।

उनलाई यसरी पक्राउ गरिएपछि राजनीतिमा उतारचढाव आएको छ । पाकिस्तानमा यही जुलाई २५ अर्थात् बुधबार हुन लागेको सो संसद्को निर्वाचनमा पनि सेनाको भूमिकाका बारेमा विविध प्रश्नहरू उठाइएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा शरिफलाई नियन्त्रणमा लिएपछि राजनीतिमा नयाँ उथलपुथलको सम्भावना रहेको बताइन्छ ।

उनले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाउँदै आएको बताएका छन् ।

उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि अदालतले तोकिएका थियो ।

श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री शरिफ बेलायतको लण्डनमा थिए । उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन् । एएफपी