२९ आश्विन २०८३, बिहिबार

मेगा बैंकले १२ प्रतिशत ‘बोनश शेयर’ दिने, यस्तो रह्यो साधारणसभा (फोटो फिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mega_4th-AGM-Backside

मर्जरका लागि बाटो खुल्ला

काठमाडौं, २९ पुस। मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई १२ प्रतिशत बोनश शेयर दिने भएको छ ।

मेगा बैंकको मंगलबार राजधानीमा सम्पन्न चौंथो बार्षिक साधारण सभाले १२ प्रतिशत बोनश शेयर पारित गरेको हो । यसैगरी, बोनश शेयर बापत लाग्ने कर रकम पनि बैंकले नै व्यवस्था गरिदिएको छ । त्यसका लागि प्रतिशेयर ०.६३१५ प्रतिशत नगद लाभांश साधारणसभाले पारित गरेको छ ।

‘आर्थिक बर्ष २०७०÷७१ मा बैंकले आर्जन गरेको सञ्चित मुनाफाबाट बैंकको कूल चुक्ता पुँजीको १२ प्रतिशत अर्थात २७ करोड ९६ लाख बोनस शेयर तथा सोको लागि आवश्यक करको निमित्त चुक्ता पुँजीको ०.६३१५ प्रतिशत अर्थात १ करोड ४७ लाख १५ हजार ७८९ नगद लाभांश स्वीकृत गरेका छौं ।’, साधारणसभापछि बैंकका अध्यक्ष प्रा.डा. मदनकुमार दाहालले भन्नुभयो– ‘संचालनको छोटो अवधिमै यति मुनाफा दिनसक्नुलाई हामीले उपलब्धिका रुपमा लिएका छौं ।’ मेगा बैंकले गतबर्ष पहिलोपटक नौ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाली अर्थतन्त्र चुनौतीपूर्ण रहेको भन्दै अध्यक्ष प्रा.डा दाहालले समष्टिगत आर्थिक सूचकाङ्कको आधारमा वित्तीय क्षेत्रमा अत्याधिक तरलताको चापले निक्षेपमा नकरात्मक ब्याजदर रहेपनि तीव्र प्रतिस्पर्धाका बीच मेगा बैंकले आफूलाई सवल रुपमा उभ्याउन सफल भएको बताउनुभयो । ‘बैंकिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा छ, हामी प्रतिस्पर्धामा विश्वास गर्दछौं । र क्षमता अभिबृद्धि गर्दै आशातित मुनाफा आर्जन गर्नु हाम्रो लक्ष्य रहेको छ ।’– उहाँले भन्नुभयो ।

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मेगा बैंकको प्रगतिको रफ्तार अब झन दु्रत गतिमा हुने विश्वास व्यक्त गर्नुभयो । ‘संचालनको पहिलो बर्षदेखिको निरन्तर नाफा, ग्राहक संख्या, शेयर निष्काशनमा देखिएको आकर्षण र समष्टिगत वित्तीय सूचकाङ्कको आधारमा समेत मेगा बैंकको हैसियत राम्रो रहेको छ,’ सिइओ शाहले भन्नुभयो, छोटो समयमा नै मेगाले वित्तीय बजारमा छुट्टै पहिचान कायम गरी विश्वासनीयता आर्जन गरेको छ । त्यसैले मेगा बैंकको प्रगति उत्साहजनक छ, भविष्य सुरक्षित र सुन्दर छ ।’

संचालनको पहिलो बर्षदेखि नै निरन्तर नाफामा रहेको मेगा बैंकले गत आर्थिक बर्ष ३० करोड ५५ लाख रुपैंया खुद मुनाफा गर्न सफल भएको थियो । सोही अवधिमा कुल निक्षेप ४ अर्ब ६१ करोडले बृद्धि भई १७ अर्ब १५ करोड रुपैंया पुगेको छ भने कर्जा ३ अर्ब १५ करोडले बृद्धि भई १४ अर्ब ८८ करोड रुपैंया पुगेको छ । बैंकले साना तथा मझौला उद्योग÷व्यवसायहरु एवं विपन्नवर्ग तर्फको लगानीलाई बढाउँदै अधिकेन्द्रित कर्जा जोखिमलाई समेत न्यून गर्दै आएको छ । विपन्न वर्ग तथा लघुवित्त अन्तर्गत बैंकले १४ हजार भन्दा बढी ग्राहकहरुलाई कर्जा प्रदान गरिसकेको छ । रियल स्टेटमा बैंकको लगानी २ दशमलव ६३ प्रतिशतमात्रै छ । साना तथा मझौला उद्योग तथा व्यवसायलाई प्राथमिकता दिँदै त्यसतर्फ बैंकको लगानीलाई बृद्धि गरिएको मेगा बैंकले जनाएको छ । बैंकको ग्राहकसंख्या १ लाख २९ हजार छन् । यसैगरी, चालू आर्थिक बर्षको प्रथम त्रयमासिक अवधिमा बैंकले आठ करोड नौ लाख खुद मुनाफा आर्जन गरेको छ ।

२०६७ सालदेखि बैंकिङ कारोबार प्रारम्भ गरेको मेगा बैंकले मुख्य कार्यालयसहित देशभरका २८ वटा शाखा, देशका १,१७६ हजार स्थानमा आफ्नै रेमिट्यान्स प्रणाली “मेगा रेमिट” र ४७ वटा ग्रामीण भेगमा अत्याधुनिक शाखारहित बैंकिङ सेवा विस्तार गरिसकेको छ । ‘हलोदेखि हाइड्रोसम्म’ लाई आºनो मुख्य नारा बनाएको यस बैंकले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरू कृषि, साना तथा मझौला व्यवसाय, पर्यटन, उर्जा जस्ता क्षेत्रहरूमा उच्च प्राथमिकताका साथ कर्जा प्रवाह गर्दै आएको छ ।

साधारण सभाले मर्जरसम्बन्धी नीति पनि पारित गरेको छ । बैंकमा अर्को कुनै बैंक वा वित्तीय संस्था गाभिने वा एक्विजिसन गर्नका लागि प्रस्ताव आएमा सोको प्रक्रिया अगाडि बढाउन साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

Mega_4th-AGMMega_4th-AGM-Chairman1Mega_4th-AGM1-FinalMega_4th-AGM-ChairmanMega_4th-AGM-CEO2 Mega_4th-AGM_Raveena-Deshraj-Shrestha_Madan-AcharyaMega_4th-AGM-CEO4Mega_4th-AGM3 Mega_Bank_Tulsiram-PokhrelMega_AGM_Gopal_Khanal

Mega-4th-AGM1