
अछाम, ३ साउन । रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा हुन लागेको बाल बिबाह बाल क्लवको सक्रियतामा रोकिएको छ ।
वडामा हुन लागेको बाल बिबाह वडामा गठित समाज सुधार बाल संञ्जालको पहलमा रोकिएको हो । वडा नम्बर ७ सुतारका १८ बर्षिय भीम भण्डारी र वडा नम्बर ३ शान्तडाका १७ बर्षिय नामसरा साउदबीच हुन लागेको बाल बिबाह रोकिएको हो ।
४ दिन अगाडी दुुबैले भागेर विहे गरेपछि क्लवमा जानकारी आउँदा वडा सहित प्रहरी कार्यालयमा उजुर गर्दा ४ दिनपछि बिहे रद्द गरिएको बाल संञ्जालका अध्यक्ष गायत्री भण्डारीले बताइन् । आफ्नो क्लवले वडामा बाल बिबाह बिरुद्धका अभियान चलाईरहदा बाल बिबाह हुन आएकाले उजीरसहित सबैलाई सहमति गराएर बाल बिबाह रोकेको भण्डारीले बताइन् ।
केटा र केटी सहित दुुबैका अभिभावकको बिचमा शान्तडा प्रहरी कार्यालयमा अब केटाको २२ र केटीको २० बर्ष उमेर पुुगेपछि मात्र सँगै बस्ने सहमतिसहित कागज गराएर बिबाह रोकेको शान्तडा प्रहरी चौकीका प्रमुुख नारायण बहादुर चन्दले बताए ।
केटा, केटीसहित अभिभावक सबै सहमत भएकाले आगामी दिनमा गाउँपालिका भित्र जुनसुुकै वडामा पनि यस्ता बाल बिबाह भईरहेका छन् भने रोक्न प्रतिबद्ध रहेको बताएका थिए ।












प्रतिक्रिया