२१ कार्तिक २०८३, शनिबार

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो, शिव माविमा विज्ञान पढ्ने विद्यार्थीको ओईरो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-बिजय चालिसे

नवलपुर,३ साउन । नवलपुरको कावासोती–२ मा रहेको शिव माध्यमिक विद्यालयले यसै शैक्षिक सत्रबाट कक्षा ११ मा बिज्ञान संकाय थप गरि पढाई सुरु गरेको छ । शिव माध्यमिक विद्याललय नवलपुरले उच्च स्तरको भौतिक संरचना निर्माण गरि यसै शैक्षिक सत्रबाट कक्षा ११ मा बिज्ञान संकाय थप गरि पढाई सुरु गरेको हो ।

विद्यालयमा बिहीबार भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई नवलपरासी प्रमुख दिपेन्द्र ढकालले विज्ञान संकायको कक्षा सञ्चालन भएको औपचारिक उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख ढकालले जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा शिव माविलाई लिएको भन्दै नेपाल सरकारले समेत नमुना विद्यालयको रुपमा पत्याएको यस विद्यालयको कक्षा ११ को कक्षा उद्घाटन कार्यक्रममा सहभागिता जनाउन पाउनु निकै गर्वको विषय भएको बताए । उनले १० कक्षा पास गरिसकेपछि क्याम्पसको हाउगुजीको फन्दामा केहि विद्यार्थी लाग्ने गरेको भन्दै अनुशासित र दत्तचित्त भएर आफ्नो उद्देश्यमा केन्द्रित हुन विद्यार्थीहरुलाई आग्रह गरे ।

२०३१ सालमा स्थापना भई २८ जना विद्यार्थीबाट पठन पाठन सुरु गरेको बिद्यालयले २०६४ सालमा दशजोड दुईमा व्यवस्थापन र मानविकी संकायको पढाई सुरु गरेको ११ वर्ष पछि दशजोड दुईमा बिज्ञान संकायको पढाई सुरु गरेको छ । विद्यालयका अध्यक्ष श्रीराम सिग्देलका अनुसार चितवन, रुपन्देही, काठमाडौँ र बिदेश पढ्न जाने बिद्यार्थीलाई सहित रोक्न सक्ने गरी कक्षा ११ मा बिज्ञान संकायको पढाई सुरु गरिएको हो ।

विद्यालयमा जिल्लामा उत्कृष्ट नतिजा दिलाउन सकेका प्रध्यापकहरु छनोट गरिएकाले गुणस्तरीय शिक्षा दिन सक्ने सिग्देलको दावी छ । उनका अनुसार बिज्ञानमा २ सेक्सनमा ८० जना विद्यार्थीलाई पढाई गरिने छ । विद्यालयका प्रधानाध्यापक चुणमणी शर्मा कँडेलले हाल विद्यालयमा व्यवस्थापनतर्फ कम्प्युटर साईन्सको पढाई हुँदै आएको जानकारी दिए ।