
काठमाण्डौं, २ साउन । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ५ जना घाईते भएका छन् ।
रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप बुधबार दुर्घटनामा परेको हो । ११ जना चढेको जीप सडकदेखि एक सय मिटर तल खसेको हो ।
मृत्यु हुनेमा ललिता परियार, कुमार पुन, बुद्धिराज पुन र सालेना बर्मा रहेका छन् । अन्य एक पुरुष र एक महिलाको सनाखत हुन बाँकी रहेको छ ।
घाईतेहरुमा जयवीर कामी, प्रमिला बुढा मगर, धनीराम पुन, अर्जुन बिक र सम्झना पुन मगर रहेका छन् ।












प्रतिक्रिया