२१ कार्तिक २०८३, शनिबार

सल्यान सदरकुममा सोलार बत्ती जडान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सल्यान, १ साउन । जिल्लाको सदरमुकाम खलंगा बजार क्षेत्रमा सोलार बत्ती जडान गरिएको छ ।

शारदा नगरपालिकाले सदरमुकाम खलंगासँगै जिल्लाका अन्य व्यापारिक बजार हरुमा सोलार बत्ती जडान गरेको जनाएको छ । नगर प्रमुख सुरेश अधिकारीले अहिले बजार एरियामा १० वटा सोलार बत्ती जडान गरेको बताए ।

शान्ती नगरमा ३ वटा, रेशम ज्युलामा २ वटा र सदरमुकाम खलंगामा गणेशथान देखी डाँडागाँउ सम्म ५ वटा सोलार बत्ती जोडिएको उनले बताए ।

जिल्लाको मुख्य बजारमा रातीको समयमा हुने गरेको अप्रिय घटनाहरुमा कमी ल्याउन सोलार बत्तीले केही हदसम्म सहज हुने उद्देश्यले बत्ती जडान गरिएको उनले बताए ।

‘यहाँ अबेर राती सम्म पनि हिडडुल गर्ने मानिसको चहल पहल हुने गर्छ रातीको समयमा कहाँ कतिखेर के हुन सक्छ थाहा हँुदैन त्यसैले हामीले यसै कुरालाई मध्य नजर गर्दै बाटोमा बत्ती जडान गरेका हौं’ नगर प्रमुख अधिकारीले थपे ।