काठमाडौ, २७ पुस । एकीकृत नेकपा माओवादीले नेतृत्व गरेको १९ दलीय मोर्चाले सहमति नभए २९ गते संविधानसभाको बैठक बस्न नदिने निष्कर्ष निकालेको छ ।
एमाओवादी र मधेसवादीसहित संविधानसभामा भएका १९ दलको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले दलहरुबीच सहमति नभए २९ गते संविधानसभा बैठक बस्न नदिने निर्णय गरेको हो । २९ गतेसम्म पनि सहमति नभए संविधानसभा बैठक बसेर प्रक्रियामा सुरु गर्न यसअघि दलहरु राजी भएका थिए ।
सहमतिको प्रयास जारी राख्ने निर्णय गर्दै एमाओवादी मोर्चाले सहमतिका लागि हुने वार्ताहरुमा आदिवासी जनजातिहरुलाई समेत सहभागी गराउन माग गरेको छ ।
यता, सत्ता साझेदार दलहरु भने २९ गतेसम्म पनि सहमति नभए संविधानसभाबाट बहुमतीय प्रक्रिया सुरु गर्ने तयारीमा छन् ।
















प्रतिक्रिया