८ कार्तिक २०८३, आइतबार

संविधान निर्माणका लागि यस्ता छन् भुसालका तीन विकल्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ghanashyam-Bhusalझापा, २६ पुस । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले माघ ८ मा संविधान जारी गर्न एमाओवादीको इमान्दारिता पर्खिरहेको बताउनुभएको छ ।
शनिबार झापाको विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले तीनवटा विकल्प अवलम्बन गर्न नसके संविधानसभा फेरि पनि विघटन हुने धारणा राख्नुभयो ।

उहाँले सबै भन्दा पहिलो विकल्प एमाओवादी र मधेसी दलले इमान्दारिता प्रस्तुत गर्नुपर्ने बताउनुभयो । सत्तारुढ पार्टी तथा विपक्षी अडानबाट फिर्ता हुनुपर्ने दोस्रो विकल्प रहेको उहाँले बताउनुभयो ।

भुसालले तेस्रो विकल्पमा प्रक्रिया अवलम्बनलगायत रहेको स्पष्ट पार्नुभयो । ती तीनवटा विकल्प अवलम्बन नगरे संविधानसभा फेरि विघटन हुने उहाँको भनाई थियो ।
संविधान जारी भएपछि आफ्नो स्थान र भूमिका के हुने भन्ने चिन्ताले एमाओवादी अध्यक्ष प्रचण्डलाई सताएको भुसालले उल्लेख गर्नुभयो ।