काठमाडौँ, २६ पुस । प्रधानमन्त्री सुशील कोइरालाले सबैको हक, अधिकार सुनिश्चित हुने संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
संविधान जारी गर्न दबाब दिन प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका संयुक्त महिला संघका प्रतिनिधिहरुसँग शनिबार कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले आगामी माघ ८ मै संविधान जारी हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले जातीयताको आधारमा संघीयता बन्नै नसक्ने पनि त्यस अवसरमा दाबी गर्नुभएको थियो ।















प्रतिक्रिया