२१ कार्तिक २०८३, शनिबार

श्रीमतीको पिर्का प्रहारबाट श्रीमान ठहरै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, १६ असार । माडीमा शनिबार दिउँसो श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन् ।

माडी नगरपालिका–३ सिमरामा खाना खाने समयमा ४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय श्रीमान गंगाराम महतोको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार खाना खाने समयमा सामान्य विवादपछि श्रीमतीले आफू बसेको पिर्काले हानेर श्रीमानको हत्या गरेकी थिइन् ।

श्रीमानको हत्यापछि कुलमतिलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ । -रासस