काठमाडौँ, २५ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विवादित अन्तर्वस्तुमा दलहरुबीच पुस २९ गते रातिसम्म सहमति हुन सके आगामी माघ ८ मा संविधान जारी गर्ने सम्भावना जीवितै रहेको बताउनुभएको छ ।
निर्धारित समयमै लोकतान्त्रिक संविधान जारी गर्नका लागि दबाब दिने उद्देश्यले बुझाएको पेसागत महासङ्घ नेपालको ज्ञापनपत्र बुझ्दै सभामुख नेम्वाङले संविधानका विवादित अन्तर्वस्तुमा दलहरु संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पुनः छलफल गर्न तयार भएकाले छिट्टै सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।
आफूले दलका नेताहरुलाई २४ घन्टा अहोरात्र खटेर समितिले पाएको अवधिमा छलफल गरी पुस २९ गतेसम्म सहमतिमा पुग्न आग्रह गरेको बताउँदै सभामुख नेम्वाङले सो अवधिसम्ममा सहमति भए संविधानसभा नियमावलीका केही प्रावधान निलम्बन गरेर भए पनि निर्धारित समयमा संविधान जारी गर्न सकिने जिकिर गर्नुभयो ।
















प्रतिक्रिया