२९ आश्विन २०८३, बिहिबार

श्रीलङ्काको राष्ट्रपतिमा मैथ्रीपाला, किन पराजित भए राजापाछे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raja-pakashaकोलम्बो, २५ पुस । श्रीलङ्कामा बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा त्यहाँका प्रमुख विपक्षी दलका नेता मैथ्रीपाला सिरिसेना विजयी हुनुभएको छ ।

वर्तमान राष्ट्रपति महिन्दा राजापाछे उक्त निर्वाचनमा पराजित हुनुभएको बताइएको छ । प्राप्त समाचारमा राष्ट्रपति राजापाक्षले आफ्नो पराजय स्वीकार गर्नुभएको पनि उल्लेख गरिएको छ ।

यस निर्वाचनमा निकै नै कडा प्रतिश्पर्धा हुने बताइएको थियो । निर्वाचनको परिणाम पनि त्यस्तै आएको राजधानी कोलम्बोबाट शुक्रबार प्राप्त समाचारमा जनाइएको छ ।

वर्तमान राष्ट्रपति राजापाछको कार्यकालमा त्यहाँ सर्वसत्तावाद चल्न थालेको तथा व्यापक रुपमा भ्रष्टाचार बढेको बताइएको थियो ।

सोही कारण पनि उहाँको विजयमाथि कयौँ विश्लेषकहरुले प्रश्न उठाउँदै आएका थिए । नभन्दै परिणाम पनि त्यस्तै आयो– एकजना विश्लेषकले शुक्रबार बताएका छन् ।

राष्ट्रपति राजापाछेका एकजना सहयोगीले उक्त परिणाम आफूले स्वीकारेको जानकारी दिएका छन् । उनका अनुसार सो निर्वाचन स्वीकार गर्दै उहाँले आफु बसेको सरकारी निवास पनि शुक्रबारै आंशिक रुपमा छोड्नुभएको छ ।

राष्ट्रपति राजापाछेका प्रेस सल्लाहकार विजयानन्द हार्थले उक्त निर्वाचनको परिणामपछि राष्ट्रपति राजापाछेले आगामी नेतृत्वलाई सत्ता हस्तान्तरण गरी सहयोग गर्ने सोच बनाइसक्नुभएको जानकरी दिए ।

निर्वाचनमा विजय हासिल गरेपछि सिरिसेनाले कुनै प्रतिक्रिया दिनुभएको छैन । उहाँ आफ्नो निवास, देशको पूर्वी सहर पोलोनारुवाबाट आजमात्र कोलम्बो फर्किदै हुनुहुन्छ ।

उहाँले आफुले विजयी हुने अपेक्षा कमै मात्र गर्नुभएको उहाँका सहयोगीहरुले जनाएका छन् । उनीहरुका अनुसार सो विजयपछि मात्र उहाँ राजधानी आउन लाग्नुभएको हो ।

उहाँको सपथ समारोह आजै हुनेछ । शुक्रबार साँझ छ बजे उहाँको सपथ ग्रहण समारोहको आयोजना गरिएको छ । कोलम्बोको इन्डिपेन्डेन्ट स्क्वायरमा सपथका लागि तयारी गरिएको छ ।

सिरिसेनाले ५२.४९ र राष्ट्रपति राजापाछेले ४६.२१ प्रतिशत मत प्राप्त गर्नुभएको बताइएको छ । यो परिणाम औपचारिक रुपमा शुक्रबार बिहानमात्र घोषणा भएको प्राप्त समाचारमा जनाइएको छ ।

यसअघिको सन् २०१० को निर्वाचनमा वर्तमान राष्ट्रपति राजापाक्छेले प्रचण्ड बहुमत प्राप्त गर्नुभएको थियो । उहाँले त्यस समयमा लगभग दुई तिहाई नै मत हासिल गर्नुभएको थियो ।

उहाँले सन् २००९ मा त्यहाँ करिब तीन दशकदेखि हिंसा जारी राखेको तामिल टाइगरसँगको लडाईंमा विजय हासिल गरेपछि लोकप्रियता कमाउनुभएको थियो ।

तर सो हिंसाको अन्त्यका लागि हजारौं तालिमहरु मारिएका थिए । उहाँले पछि देशमा मेलमिलाप नीति ल्याई सबैप्रति न्याय गर्ने बताउनुभएको थियो । तर त्यसो हुन नसकेको श्रीलङ्काली नागरिक बताउछन् ।

विश्लेषकहरुले उहाँले यस्तो नीति ल्याउन नसकेको भनी आलोचना गरेका छन् । अहिले उहाँ तेस्रो कार्यकालका लागि निर्वाचन लड्नुभएको भए पनि यो कारण उहाँको हार हुने बताइएको थियो ।

राजापाछेले निर्वाचनको परिणाम स्वीकार गरी सजिलैसँग शक्ति हस्तान्तरणको लागि सघाउने भनी दिएको प्रतिक्रियाको अमेरिकी विदेशमन्त्री जोन केरीले स्वागत गर्नुभएको छ ।

उहाँले महिन्दा राजापाछेले श्रीलङ्कामा शान्ति स्थापनाका लागि खेलेको भूमिका आगामी दिनमा बिर्सिन नहुने भन्दै आगामी दिनमा पनि शान्तिका लागि नयाँ नेताका रुपमा उहाँले कामगर्ने अपेक्षा गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सो निर्वाचनको परिणामको स्वागत गर्दै सिरिसेनालाई आफुले छिट्टै फोनगरी बधाई दिने बताउनुभएको समाचारमा जनाइएको छ ।

यस निर्वाचनमा मुख्य उहाँहरुसहित अरु १९ जना उम्मेदवार रहेका थिए । तर बढी प्रतिस्पर्धा वर्तमान राष्ट्रपति राजापाछ र सिरिसेनाकाबीच हुने देखिएको समाचारमा जनाइएको थियो ।

विपक्षी नेता सिरिसेनाले आफ्नो निर्वाचनको एजेण्डा सुशासन बनाउनुभएको छ । उहाँले आफूले निर्वाचन जितेमा देशमा कानुनको शासन र सुशासन कायम गर्ने बताउनुभएको छ ।

राष्ट्रपित राजापाछले देशमा सर्वसत्तावाद चलाएको र शासनमा आफन्तहरुको भीड बढाएको आरोप लगाउने गरिन्छ । तर उहाँको शासनको कार्यशैलीको आलोचना खुलेरै गर्नसक्ने अवस्था भने देशमा नरहेको पनि विपक्षीहरुले गुनासो गर्ने गर्दथे ।

सन् २००९ मा तामिल टाइगरसँगको लडाईका क्रममा कम्तीमा पनि ४० हजार तामिल मारिएकोले त्यस बारेमा छानबीन गरी न्याय दिनका लागि न्यायिक परिषद गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तरपछि उहाँले सो परिषद गठन गर्नुभएन । साथै उक्त हत्याको छानबीनका लागि संयुक्त राष्ट्रसंघले अनुसन्धान गर्न खोजेकोमा पनि उहाँले दिनुभएको थिएन ।

पछिल्लो कार्यकालमा वर्तमान राष्ट्रपति राजापाक्छे विपक्षीहरूप्रति बढी कठोर बनेको र देश एकल हिसाबले चलाएको भन्दै उहाँको बढी आलोचना गर्ने गरिएको थियो ।

सोही कारण विपक्षी नेता मैथ्रीपालाले कानुनी शासनलाई आफ्नो एजेण्डा बनाएको बताइन्छ । त्यस्तै वर्तमान राष्ट्रपति राजापाछेले भने शान्ति, विकास र समृद्धिलाई आफ्नो एजेण्डका रुपमा अघि सार्नुभएको थियो ।

नवनिर्वाचित राष्ट्रपति मैथ्रीपाला श्रीलङ्काको मुख्य विपक्षी नेता न्यु डेमोक्र्याटिक फन्टका नेता हुनुहुन्छ । रासस/एएफपी