८ कार्तिक २०८३, आइतबार

इटालियन पेस्तोलसहित बागबजारबाट दुईजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestol काठमाडौँ, २५ पुस । सशस्त्र प्रहरी बलको विशेष टोलीले काठमाडौँको बागबजारबाट शुक्रबार अत्याधुनिक हतियारसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी जिल्लाको महेन्द्रनगर गाविस–८ घर भई हाल काठमाडौँको सामाखुसी बस्ने २५ वर्षीय सागर थापा र रौतहट जिल्लाको रङ्गपुर गाविस–५ घर भई काठमाडौँ बागबजार बस्ने २८ वर्षीय युवराज तिमल्सिना क्षेत्री छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले इटालियन पेस्तोल एक थान, नाइन एमएम पेस्तोल एक थान तथा सोको एक राउन्ड गोली र एउटा म्याग्जिनसहित पक्राउ गरेको हो ।

बरामद दुवै पेस्तोल अटोमेटिक  हुन् । दुईवटामध्ये नाइन एमएम पेस्तोल भने लोड रहेको अवस्थामा पाइएको थियो ।

विशेष सूचनाका आधारमा एपिएफ टोलीले निजहरुलाई उक्त हतियारसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद पेस्तोल, गोली र म्याग्जिनसहितै आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाइएको छ ।
उनीहरु दुबै जना शेठ्ठी समूहमा आवद्ध थिए ।  शेठ्ठी समूह अपहरण र फिरौती असुलीमा संलग्न भएको सूचना पाएपछि सशस्त्र प्रहरीले ६ महिनादेखि विशेष ब्यूरो नै गठन गरी समूहको खोजी गरेको थियो ।
शेठ्ठी समूहले यसअघि फिरौति नदिएपछि लाजिम्पाटस्थित एक म्यान पावर कम्पनीमा गोली प्रहार गरेको प्रहरीको दाबी छ ।