२१ कार्तिक २०८३, शनिबार

चिप्लेर भिरबाट लडदा तामाङको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १२ असार । सूर्यगढी गाउँपालिका–१ लच्याङको छाप भन्ने स्थानमा भिरबाट लडेर आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रसुवा सरमथली घर भएका अन्दाजी ३५ वर्षिया साइला तामाङ रहेका छन् । घर फर्कदै गरेको समयमा भिरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

साँघुरो बाटो र पानी परिरहेकाले चिप्लेर लडेका तामाङ करीब २०० मिटर तल पुगेका थिए । तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । –रासस