८ कार्तिक २०८३, आइतबार

बाबुराम फेरि सक्रिय, जुट्ला त सहमति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburamकाठमाडौ, २५ पुस । बिहीबार बसेको संविधानसभाको बैठकले संविधानक विवादित विषयबारे संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पेश गरेको प्रतिवेदन समितिमै फर्काउने निर्णय गरेपछि राजनीतिले नयाँ मोड लिएको छ ।

संविधानसभाले पुस २९ गतेसम्म सहमति जुटाएर ल्याउन निर्देशन दिँदै समितिलाई नै प्रतिवेदन फिर्ता गरेपछि दलहरुको सक्रिया फेरि एकपटक बढेको हो ।

पटक–पटक समय थप गर्दा पनि सहमति जुट्न नसकेपछि थाकेका समितिका सभापति डा. बाबुराम भट्टराईको पनि अहिले सक्रिया बढेको छ । उहाँले शुक्रबार मध्यान्ह चार दलका शीर्ष नेतालाई भेट्ने तयारी गर्नुभएको छ ।

सिंहदरबारस्थित संवैधानिक समितिको बैठक कक्षमा हुने भेटमा सभापति भट्टराईले प्रतिवेदनमाथि सहमतिका लागि नेताहरुसँग छलफल गर्न लाग्नु भएको हो ।