२१ कार्तिक २०८३, शनिबार

गर्मी बढेपछि कञ्चनपुरमा विद्यालय नै बन्द गरियो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, ११ असार । अत्यधिक गर्मी बढेपछि कञ्चनपुर भीमदत्तनगरपालिकाले चार दिनका लागि नगरक्षेत्रका विद्यालयको अध्यापन बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहको संयोजकत्वमा बसेको बैठकले मंगलबारदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपप्रमुख सिंहले अत्यधिक गर्मीका कारण विद्यार्थीको पठनपाठनमा समस्या देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

बैठकमा शिक्षकको पेशागत संघ संगठनका पदाधिकारीको पनि सहभागिता थियो । -रासस
–––