२१ कार्तिक २०८३, शनिबार

फोन नलाग्ने दार्मा गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–मिना बुढाथोकी
सल्यान, ९ असार । दार्मा गाउँपालिकाले गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा पु¥याएको छ । सल्यान जिल्लाको दुर्गम गाउँपालिका दार्मा गाउँपालिकाले गाउँपालिका कार्यालय र ६ वटै वडाहरुमा इन्टरनेट जडान गरेको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए । सबै वडा कार्यालयहरुमा इन्टरनेट जडान गरेपछि कार्यालयको कामकाजमा सहजता आएको उनले बताए ।

दार्मा गाउँपालिकाका अधिकांश ठाउँमा फोनको नेटवर्कले काम गर्दैन । फोनको नेटवर्कले काम नगरेपनि गाउँपालिकाले सबै वडामा इन्टरनेट सेवा जडान गरेपछि दैनिक कामकाजमा सहजता आएको गाउँपालिकाका सुचना तथा प्रविधि अधिकृत राजकुमार वलीले बताए । सानो तिनो काम गर्नका लागी पनि सदरमुकाम क्षेत्रमा जान नपर्ने भएको उनले बताए ।

गाउँपालिकाको साढे ३ लाखको लागतमा इन्टरनेट सेवा विस्तार गरिएको हो । गाउँपालिकामा पर्ने चिप्लेको लेक र मालिकाको लेकमा टावर राखेर इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । फोन नलाग्ने ठाउँमा फ्रि इन्टरनेट सेवा पाएपछि वडा कार्यालयमा पुगेर स्थानीयहरुलाई विदेशमा रहेका आफन्तसँग भिडियो कुराकानी गर्न सजिलो भएको छ ।