२१ कार्तिक २०८३, शनिबार

गैँडाकोटमा बस दुर्घटना, १५ यात्रु घाइते

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ९ असार । पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा शनिबार बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् ।

गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ६ ख ५९२७ नंको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ४१६ नं को बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सबै घाइतेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । –रासस