२१ कार्तिक २०८३, शनिबार

लागूऔषधसहित दुईजना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । काठमाडौँ महानगरपालिका–६ कपन भृकुटी चोक बस्ने काभ्रे घर भएका २८ वर्षीय विष्णु थापा मगरलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको छ ।

उनको साथबाट प्रहरीले नुरफिन ७६ एम्पुल, डाईजोल्याप ८१ एम्पुल, फेनारगन ७९ एम्पुल र नगद नेपाली १ लाख ५४ हजार ६ सय तथा भारतीय रुपैयाँ २ हजार बरामत गरेको छ ।

त्यस्तै, काठमाडौँ टोखा नगरपालिका–८ ग्रिनल्याण्ड बस्ने विपिन आचार्यलाई प्रहरीले बिहीबार उनकै घरबाट लागूऔषध नुरफिन ३ सय ३२ एम्पुल, डाइजोपाम ३ सय ३२ एम्पुल र फेनारगन ३ सय ३२ एम्पुल सहित पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।