२१ कार्तिक २०८३, शनिबार

विद्युतमा ठगिएको सल्यानका उपभोक्ताको गुनासो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–मिना बुढाथोकी
सल्यान, ७ असार । सल्यानमा उपभोक्ताहरु विभिन्न बहानामा आफ्नो उपभोक्ता अधिकारबाट वञ्चित भएको पाइएको छ । कानुनले उपभोक्ता अधिकार सम्बन्धी विभिन्न कानुनहरु बनाए पनि स्थानीय स्तरमा भने उपभोक्ताहरु प्रत्यक्ष रुपमा ठगिनु परेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

सल्यानको श्रीनगरमा बिहीबार भएको उपभोक्ता अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै स्थानीय व्यवसायी वीरेन्द्र भण्डारीले यहाँ सबै भन्दा बढी उपभोक्ताहरु विद्युतबाट वन्चित भएको गुनासो गरे । उनले आफूले सञ्चालन गरेको फर्निचर उद्योगमा विगत १८ महिनादेखि नियमित काम हुन नसकेको भन्दै अहिले भई रहेको विद्युत अनियमितता प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

कार्यक्रममा सहभागी व्यवसायीहरुले विद्युत अनियमितता र कम भोल्टेजको समस्या तत्काल समाधान गर्नु पर्नेमा जोड दिए । कार्यक्रममका एक सहभागीले विद्युत प्राधिकरणले विद्युत महसुसल बुझाउँदा म्याद नाघेमा हर्जाना लिने गरेको छ तर अहिले उपभोक्ताले विद्युत बाल्न पाएका छैनन्, यस्को क्षतिपूर्ति पनि कार्यालयले फिर्ता गर्नु पर्ने बताए ।

कार्यक्रम उपभोक्ता अधिकार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षता भएको थियो ।