२१ कार्तिक २०८३, शनिबार

मुलुक निर्माणमा मुस्लिम समुदायको महत्वपूर्ण भूमिका : कमल थापा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौँ, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको समग्र विकास र समृद्धिको निमित्त मुस्लिम समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

मुस्लिम समुदायको महान् पर्व इद उल फित्रको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सवै धर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्रको पहिचानको पक्षमा बहुसंख्यक मुस्लिम समुदाय रहेकोमा खुसी प्रकट गरे ।

आपसी सद्भाव, एकता र भाईचारा नै समृद्धिको आधार भएको चर्चा गर्दै थापाले सवै धर्म, जाति र सम्रदायबीच मिलेर बस्ने नेपाल र नेपालीको मौलिक परम्परा विशिष्ट रहेको विचार व्यक्त गरे ।

राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनका सल्लाहकार सलिम खान गौसको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष टंक ढकाल, कोषाध्यक्ष उद्धव पौडेल, प्रवक्ता रोशन कार्की, सहमहामन्त्रीद्वय चन्द्र बहादुर गुरुङ्ग, हेमजंग गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।