
सल्यान, ७ असार । सल्यान जिल्लामा हुने मानवअधिकार हननका घटना मध्ये ८० प्रतशित भन्दा बढि घटनाहरु महिला हिंसाका देखिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बिहिवार वितेको ६ महिनामा भएका मानवअधिकार उल्लंघनका घटनाहरु सल्यानको खलंगामा सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको हो ।
वितेको ६ महिनामा सल्यान जिल्लामा भएका मानवअधिकार उलंघनका २० वटा घटना मध्ये १६ वटा घटनाहरु महिला हिंसासँग सम्बन्धित रहेको ईन्सेकको तथ्याकंमा उल्लेख छ । ती मध्ये ७ वटा घटना बलात्कारसँग सम्वन्धित रहेको तथ्यांक इन्सेकले सार्वजनिक गरेको छ । यस्तै ४ वटा वहुविवाह, दुई वटा हत्या, दुई वटा घरेलु हिंसा र एक वटा घर निकालाका रहेका छन् ।
इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले वितेको ६ महिनाको अवधिमा १ वटा शिक्षाको अधिकार, १ वटा स्वास्थ्यको अधिकार, १ वटा गिरफ्तारी र १ वटा कुटपिटका घटनाबाट मानवअधिकारको हनन् भएको तथ्यांक प्रस्तुत गरिन ।
इन्सेक जिल्ला प्रतिनिधि बुढाथोकीले जिल्लामा सन ०१८ जनवरी देखी जुनसम्म ६ महिनामा जिल्लामा भएका मनवअधिकार उल्लंघनका घटनाहरु सार्वजनिक गर्दै यस अवधिमा जिल्लामा सबै भन्दा बढी बलात्कारको घटनाहरु भएको पाईएको उनले बताईन् ।
स्थानिय तहको न्याय सम्पादनमा सुधार आवश्यक
यस्तै समिक्षा कार्यक्रममा स्थानिय तहबाट प्रदान गरिने न्यायिक सेवामा सुधारको खाँचो रहेकोमा वक्ताहरुले जोड दिए । समिक्षा कार्यत्रक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले स्थानीय तहहरुले न्याय सम्पादन गर्दा अझै निखार ल्याउनुपर्ने बताए ।
घिमिरेले यस जिल्लामा मानवअधिकार हननका घटना न्यूनिकरणका लागि सबैको हातेमालो हुनुपर्ने आवश्यकता रहेको औंल्याए । उनले भने, ‘जिल्लामा यदि काँही कतै मानव अधिकार हनन भएको पाउनु हुन्छ भने प्रशासनलाई खबर गर्नुस् हामी पीडित लाई न्याय दिलाउने विश्वास दिलाउछौं ।’
शारदा नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक सावित्रा बस्नेतले स्थानीय तहबाट न्याय सम्पादनको काम गर्दा सकेसम्म निष्पक्ष ढंगले काम गर्ने बताइन ।
जिल्ला अदालत सल्यानका श्रेष्तेदार गणेश कुमार गौतमले समाजमा न्याय सम्पादन सहज ढंगले हुन नसक्दा वास्तविक पीडितले न्याय पाउन नसक्ने सम्भावना हुने र ठूलै दुर्घटना निम्ताउने भन्दै मानवअधिकारकर्मीले यस विषयमा पनि सोच्नु पर्ने बेला आएको उनले बताए ।












प्रतिक्रिया