२१ कार्तिक २०८३, शनिबार

सल्यानमा कुकुरलाई बन्ध्याकरण गरियाे

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, ६ असार । सल्यानमा कुकुर बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण शिविर सम्पन्न भएको छ । शारदा नगरपालिकाको आयोजनामा खलंगाको टुडिखेलमा सोमबार देखि बुधबारसम्म तीन दिन शिविर संचालन भएको नगरपालिका पशु शाखा प्रमुख मधुसुदन शर्माले बताए । नगरभित्र रहेका घरमा पालेका र छाडा रहेका कुकुरहरु लाई रेविज विरुद्धको भ्याक्सीन दिइएको र बन्ध्याकरण गरिएको हो ।

शिविरमा १ सय १० वटा कुकुरलाई बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप दिईएको आयोजकले जनाएको छ । भाले कुकुर ५७ वटा र पोथी कुकुर ५३ वटा गरी १ सय १० जनालाई बन्ध्याकरण गरिएको हो । यस्तै ५५ बढी कुकुरलाई रेविज विरुद्धको भ्याक्सीन दिइएको छ ।

छाडा कुकुरहरुलाई कम गर्न र मानिसमा लाग्ने रोगहरु कुकुरबाट पनि सर्ने भएको हुनले यसलाई न्युनिकरण गर्ने उदेश्यले कुकुरहरुलाई बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप दिईएको शारदा नगरपालीकाका मेयर सुरेश अधिकारीले बताए । उनका अनुसार भुस्याहा कुकरहरुलाई कम गर्नको लागि रेबिज बिरुद्धको भ्याक्सीन दिएको हो ।

‘सदरमुकाम खलंगामा मात्र १ सय बढी भुस्याहा कुकुरहरु छन, ती कुकुरहरुले यहाँ रहेका पशुहरुलाई आक्रमण गर्ने, खाईदिने गरेका छन त्यसैले मानिसहरु लाई पनि टोक्ने खतरा हुन सक्ने भएकाले शिविर संचालन गरेका हौं’, उनले भने, ‘यिनलाई मार्ने भन्दा पनि बन्धाकरण र रेबिज बिरुद्धको भ्याक्सीन बाट नैे कुकुर आफै घटेर जान्छन ।’

पछिल्लो समय भुस्याहा कुकुरलाई मार्ने मानसिकता धेरै भएकाले मार्नु भन्दा पनि बन्ध्याकरण र रेबिज खोप बिरुद्धको भ्याक्सीनले कुकुरहरु को संख्यामा कमी आउने सन्चालक खगेश्वर भटराईले बताए । उनले भने ‘कुकुर बन्ध्याकरण गर्नाले कुकुरहरु पनि बढन पाउदैनन, रोगहरु पनि कम हुन्छ, जस्को लागी घरमा रहेका कुकुरलाई ७० प्रतिशत खोप लगाई सकेको हुनु पर्दछ ।’ कुकुरहरुबाट धेरै किसिमको रोगहरु सर्ने भएकाले बन्ध्याकरण बाट नै नियन्त्रण गर्न सकिने आयोजकले जनाएको छ ।