२१ कार्तिक २०८३, शनिबार

सवारी दुर्घटनामा महिलाको मृत्यु

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । गएराति सिनामंगलमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

दोलखा स्थायी घर भई हाल सिनामंगल बस्दै आएकी ४७ वर्षीया गोमा भुजेलको पैदलयात्राका क्रममा सिनामंगलस्थित प्रहरी चौकी नजिकै ना १ ज ४२५० नं को टाटा सुमोले राति करीब १० बजे ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भुजेललाई उपचारका लागि स्थानीय काठमाडौँ मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा राति १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारीसाधन र चालक सानेपा चौकीस्थित प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । –रासस