१३ कार्तिक २०८३, शुक्रबार

विरोध हुने डरले बोल्न दिइएन : सिटौला पक्ष

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । पार्टी नेतृत्वको आलोचना गर्ने डरले सिटौला र प्रकाशमानलाई बोल्न नदिइएको सिटौला पक्षको आरोप छ ।

‘सभापतिको कार्यशैली, पार्टीभित्रको भद्रगोल अवस्थाका विषयमा खरो बोल्ने कोही भएनन्,’ एक केन्द्रीय सदस्यले भने, ‘सिटौला र प्रकाशमानलाई बोल्न दिँदा नेतृत्वको आलोचना हुन्छ । त्यसको असर जिल्ला सभापतिहरूमा पर्छ । उनीहरूले पनि विरोध गर्छन् भन्ने डरले बोल्न दिइएन ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

केन्द्रीय कार्यालय आयोजक र मकवानपुर कांग्रेस व्यववस्थापक रहेको भेला लामो हुने, जिल्ला सभापतिका सुझाब, गुनासा सुन्नुपर्ने भएकाले थोरै वक्ता राखिएको संस्थापन पक्षको दाबी छ ।

साढे ११ बजेबाट उद्घाटन सत्र सुरु हुने भनिए पनि झन्डै दुई घन्टा ढिलो गरी कार्यक्रम सुरु भयो । साढे दुई घन्टा उद्घाटन कार्यक्रम चलेपछि मंगलबार नै जिल्ला सभापतिहरूले आफ्ना सुझाब दिने गरी बन्दसत्र सुरु गर्ने तयारी भए पनि हुन सकेन ।

बुधबार बिहानलाई छलफलको कार्यक्रम सारिएको छ । यसलाई पनि रामचन्द्र पौडेल र सिटौला पक्षले संस्थापनको नियोजित काम भनेको छ ।