२१ कार्तिक २०८३, शनिबार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ५ असार । कन्टेनर ट्रकको ठक्करबाट मंगलबार यहाँका एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनहरा पुल नजिक ना ६ ख ५६४० नंको ट्रकले बा ८८ प २८० नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक मध्यपुरथिमि राधेराधे बस्ने ३४ वर्षीय गणेश दुलालको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोक, मण्डन देउपुर–६ स्थायी घर भएका दुलाल लामो समय विदेश बसेर केही साताअघि मात्रै नेपाल फर्किएर राधेराधे बस्दै आएका थिए । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर प्रहरीवृत्त थिमिमा राखेर अनुसन्धान गरिरहेको र शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । –रासस