२१ कार्तिक २०८३, शनिबार

प्रदेश नं. ५ : प्रदेश सभाको बैठक खुलाउन काँग्रेस सहमत

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ५ असार । प्रदेश नं. ५ मा स्थगन भएको प्रदेश सभाको बैठक खुलाउन विपक्षी नेपाली काँग्रेस मंगलबार सहमत भएको छ ।

बुटवलस्थित प्रदेश नं– ५ का मुख्यमन्त्री निवासमा भएको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने सहमति भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले कानून मन्त्रीले सम्बोधन गरेपछि मुख्यमन्त्रीले सम्बोधन गर्ने जानकारी दिँदै पोके बजेटले बेथिति ल्याउछ भन्न खोजेका हौँ भन्नुभयो ।

सोमबार स्थगन भएको प्रदेशसभाको बैठक मंगलबार १ बजे बस्दैछ । बजेटमा असहमति जनाउँदै विपक्षी काँग्रेसले बैठक सञ्चालनमा अबरोध पुर्‍याएको थियो । –रासस