
काठमाडौँ, ५ असार । काठमाडौँ उपत्यकाबाट सार्ववजनिक सवारीमा सहचालकका रुपमा कार्यरत ४ जना बालकलाई उद्धार गरिएको छ ।
श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा काठमाडौं उपत्यकामा सञ्चालित बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायतका साधनहरुमा बालश्रम रहित बनाउने अभियान अन्तर्गत मंगलबार काठमाडौँको त्रिपुरेश्वर क्षेत्रबाट उद्धार गरिएको हो ।
अनुगमनका क्रममा सह–चालकका रुपमा कार्यरत १६ वर्ष मुनिका ४ जना बालकलाई उद्वार गरि संरक्षण तथा उचित व्यवस्थापनका लागि संस्थामा पठाईएको छ ।
यस अभियानलाई हरेक हप्ता निरन्तरता दिइने केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिए ।












प्रतिक्रिया