१३ कार्तिक २०८३, शुक्रबार

प्रहरी मुख्यालयमा अड्डा जमाएर बसेका प्रहरीलाई बाहिर पठाउन शुरु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै आएका प्रहरी कर्मचारीलाई प्रहरी मुख्यालयबाट बाहिर पठाउने अभियान शुरु भएको छ ।

प्रहरी महानिरीक्षक फेरिएपछि हरेक आईजीपीले घोषणा गर्ने तर कार्यान्वयन नहुने यो रोगबाट यसपटक भने प्रहरी मुख्यालय मुक्त भएको छ । नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा ५ वर्षभन्दा बढी बसेका सबै जुनियरदेखि सिनियर अधिकृतलाई मुख्यालयबाहिर पठाउने अभियानको शुरुआत गरेको बताएका छन् ।