१३ कार्तिक २०८३, शुक्रबार

प्रचण्डले भने एकतासहित जाँदा नेपाल विश्वकै लागि नमूना

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतापछि मुलुकलाई समाजवादतर्फ लैजाने ठूलो सम्भावना देखिएकाले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

‘पार्टी एकतापछि नेपालमा वामपन्थी आन्दोलनको ठूलो सम्भावनाका बीचमा हामी उभिएका छौँ । त्यसैले, सम्हालिएर अघि बढ्न जरुरी छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हामीले जान्यौँ र ठीक ढंगले आन्दोलनलाई अघि बढाएर समाजवादतर्फ अघि बढ्यौँ भने नेपाल विश्वकै लागि वामपन्थी आन्दोलनको नमुना बन्न सक्छ, तर जानिएन भने बिग्रिएर कमजोर पनि बन्न सक्छ ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बैठकले जनस्तरमा सरकारको कामको राम्रो प्रभाव परेको निष्कर्ष निकाल्दै मन्त्री र सांसदबीचको समन्वय र अन्तरक्रिया बढाउँदै जानुपर्नेमा जोड दिएको छ ।

यस्तै, अन्य विषयमा पनि आत्मसमीक्षा गर्दै अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुका साथै सरकारका कामहरूमा पार्टी पंक्तिलाई परिचालित हुन आह्वान गरेको छ,’ महासचिव पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।