१३ कार्तिक २०८३, शुक्रबार

सरकारमा सहभागिताबारे राजपामा विवाद : ठाकुर, महतो र भण्डारी सकारात्मक

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीमा विवाद देखिएको छ । सरकारलाई हेर्ने दृष्टिकोणमै राजपा नेताहरूमा तीन धार देखिएको हो । एउटा पक्ष सरकारमा जाने र अर्को पक्ष जान नहुने पक्षमा छन् । तेस्रो पक्ष भने तटस्थ छ । तर, सरकारमा जानुपर्ने धार नै बलियो देखिन्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् । सरकारमा जान तयार भए पनि वातावरण बनिनसकेको राजपाका नेताहरूले बताउने गरेका छन् । अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा सहभागिताबारे छलफल भए पनि कुनै प्रगति नभएको बताए ।

तीन धारका तीन धारणा

राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायत सरकारमा जानुपर्ने पक्षमा छन् । अनिल झा र महेन्द्र राय यादव सरकारमा जानै नहुने अडानमा छन् । राजकिशोर यादव भने तटस्थ छन् । केही समयअघि महन्थ ठाकुर पनि तटस्थ नै थिए । तर, अहिले प्रधानमन्त्रीसँग छलफलमा छन् ।

राजपा स्रोतका अनुसार अहिले सरकारमा जाने मत बलियो बन्दै गएको छ । केही दिनअघि महोत्तरीको एक कार्यक्रममा ठाकुरले सरकारका जान सकिने संकेत नै गरेका थिए । सोही दिनको अर्को कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले राजपालाई सरकारमा ल्याउन छलफल भइरहेको बताएका थिए । ठाकुर गत हप्ता तराई जानुअघि प्रधानमन्त्रीसँग छलफल गरेको राजपा स्रोतले बतायो ।

सरकारमा जान नकारात्मक छैनौँ : शरत्सिंह भण्डारी

हामीले समर्थन गरेर नै सरकार बनेको छ । हामी सरकारमा नगएको सत्तापक्ष हौँ । तर, सरकारमा सहभागी हुन संविधान संशोधनका केही आधार देखिनुपर्छ । आन्दोलनका झुटा मुद्दा फिर्ता गरे वातावरण बन्छ । सरकारमा जानेबारे म, राजेन्द्र महतो र महन्थ ठाकुुरले पनि नकारात्मक छैनौँ ।

छलफल भएको छ, तर प्रगति केही छैन : राजेन्द्र महतो

सरकारमा जानेबारे छलफल भएको छ । तर, प्रगति भएको छैन । सरकारमा जानुअगाडि संविधान संशोधन र आन्दोलनका झुटा मुद्दा फिर्ता त हुनुप-यो नि ।