२९ आश्विन २०८३, बिहिबार

आत्मघाती बम आक्रमणमा दुई साउदी सुरक्षा गार्ड मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रियाद, २१ पुस । इराकको सीमा क्षेत्रमा पर्ने साउदी अरेबिया इलाकामा सोमबार भएको एक आत्मघाती बम आक्रमणमा दुई साउदी सुरक्षा गार्डको मृत्यु भएको छ ।

सो इलाका इस्लामिक स्टेट जिहादी (आइएस) समूहको कब्जामा रहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सो विस्फोटन आरार क्षेत्रमा भएको जनाइएको छ । सीमा क्षेत्रमा रहेका गार्ड र आक्रमणकारीबीच दोहोरो गोली हानाहानपछि सो आत्मघाती बम विष्फोट गराइएको जनाइएको छ ।

आक्रमणकारीमध्ये एकको मृत्यु भएको मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको सरकारी समाचार समिति एसपिएले जानकारी दिएको छ । रासस/एएफपी