२९ आश्विन २०८३, बिहिबार

यसरी गुमाउँदै छ सभागृहले दैनिक डेढ लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ciytholकाठमाडौँ, २१ पुस । काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयवीच विवाद भएपछि राष्ट्रिय सभागृहले दैनिक रु डेढ लाख रुपैयाँ गुमाउनुपरेको छ ।

महानगरपालिकाअन्तर्गत रहेको राष्ट्रिय सभागृहलाई सार्क शिखर सम्मेलनको अवसरमा मन्त्रालयले पुनः निर्माण गरेको थियो । पुनः निर्माणपछि मन्त्रालयले आफ्नो स्वामित्वमा लिन खोजेको र महानगरपालिकाले सो अधिकार आफ्नो भएको दाबी गरेपछि त्यसको असर सभागृहलाई परेको हो ।

विवादका कारण मन्त्रालयअन्र्तगतको भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयले सभागृहको मुख्य हलमा ताला लगाएको छ । यही कारणले महानगरपालिकाले कार्यक्रम प्रयोजनका लागि सभागृहलाई भाडामा दिन सकेको छैन् ।

पुनः निर्माणपछि सभागृहले दैनिक रु एक लाख ५० हजार रुपैयाँ घाटा व्यहोर्दै आएको सभागृहका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद थपलियाले जानकारी दिनुभयो ।

भाडामा लिन दैनिक ग्राहक आउने गरेपनि हल बन्द भएकाले दिन नसकिएको उहाँले बताउनुभयो । सभागृह भाडामा नजाने भएपछि सभागृहका कर्मचारी समेत काम नभएर हाजिर गरेर मात्र घर फर्कने गरेका छन् । रासस