१३ कार्तिक २०८३, शुक्रबार

प्रहरीभित्र बढुवा प्रकरणमा घोटाला, डिएसपीहरूलाई छानीछानी अन्याय

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेपाल प्रहरीमा केही दिनअघि भएको बढुवा सिफारिसमा प्रधानमन्त्रीदेखि दलका नेताहरूको सुरक्षामा खटिने प्रहरी अधिकृतहरू प्राथमिकतामा परेका छन् ।

प्रहरी उपरीक्षक एसपी र प्रहरी नायब उपरीक्षक डिएसपीको बढुवा समितिले कार्यक्षेत्रमा खटिएका अधिकृतहरूलाई भन्दा अंगरक्षकलाई प्राथमिकता दिएर सिफारिस गरेको गरेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

तीन वर्षको कार्यसम्पादन मूल्यांकनमा पनि अंगरक्षकहरूको अंक बढी देखिएपछि बढुवा त्यही अनुसार भएको प्रहरीको उच्च स्रोतको बतायो ।

बढुवामा अंगरक्षकलाई प्राथमिकता दिँदा कार्यक्षेत्रमा खटिएका अधिकृतहरू मर्कामा परेका छन् ।