२९ आश्विन २०८३, बिहिबार

नेप्सेमा सामान्य गिरावट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-stockकाठमाडौँ, १९ पुस । गत साता झन्डै नौ अङ्कले कमी आएको नेप्सेमा यो साता सामान्य कमी आएको छ ।

नेप्सेका अनुसार यो साताको परिसूचकमा पहिलो दिनको तुलनामा ०.०४ अङ्कले घटेर अन्तिम दिन ९०३.६८ अङ्कमा पुगेको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीको आठ हजार पटक भएको कारोबारबाट रु एक अर्ब सात करोड ५० लाख ९१ हजारबराबरका २७ लाख ८९ हजार ४०० कित्ता सेयरहरू खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताकोभन्दा ७२.४८ प्रतिशत बढी हो । गत साता १६२ कम्पनीहरूको कारोबार सात हजार ६२० बाट रु ६२ करोड ३६ लाख २३ हजारबराबरका १४ लाख २० हजार ४९० कित्ता सेयरहरू खरिद बिक्री भएका थिए ।

यसैगरी समूहगत परिसूचकहरूको उतारचढावलाई हेर्ने हो भने यो साता सबैभन्दा बढी जलविद्युत् कम्पनीको सूचकाङ्कमा ३६ अङ्कले कमी आएको छ । त्यसैगरी वाणिज्य बैंक र वित्त कम्पनीको सूचकाङ्कमा आएको कमीले समग्र नेप्सेमा परिवर्तन आएको हो ।

विकास बैंक, होटल, बिमा, व्यापार तथा अन्य समूहको सूचकाङ्क सकारात्मक रहेको छ भने उत्पादनमूलक समूहको नेप्सेमा कुनै परिवर्तन भएको छैन ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.३३ अङ्कले घटेर १९३.९३ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा नेपाल बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन ।