२८ आश्विन २०८३, बुधबार

वलिउड स्टारले यसरी गरे मोदीलाई स्वागत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

asha_bhosle_chitrangada_singh_shekhar_kapur

भारतीय लोकसभा चुनावको नतिजालाई वलिउडले पनि नजिकबाट नियालेको छ ।

कयौं हस्ती कलाकारहरुले नरेन्द्र मोदी र भारतीय जनता पार्टीलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । साथै, मोदीको नेतृत्वमा भारतको भविष्य उज्जवल हुने कामना पनि गरेका छन् ।

शेखर कपूर

फिल्मकार शेखर कपूरले ट्वीट गरे, ‘सामन्तवादी राजनीति अन्त्य भयो, परिवारवाद अन्त भयो, नयाँ मौका, नयाँ भारत, नयाँ भविष्य र नयाँ समय आएको छ । आशा छ यस मौकाको खेर जान दिइने छैन । नरेन्द्र मोदीलाई शुभकामना ।’

आशा भोंसले

प्रख्यात गायिका आशा भोंसलेले लेखेकी छिन्, ‘आखिर हामीलाई एक यस्ता प्रधानमन्त्री मिल्दैछ, जो हिन्दी बोल्न सक्छन् । जय हिन्द ।’

करण जौहर

फिल्मकार करण जौहरले पनि ट्वीट गरेका छन्, ‘बीजेपी यो सालको पहिलो ब्लॉकबस्टर साबित भयो । जबरदस्त शुरुआत । जसको अगाडि पनि यस्तै रह्ने सम्भावना छ ।’

अनुपम खेर

अनुपम खेरले ट्वीट गरेका छन्, ‘राम्रो दिन आएको छ, जय होस ।’

विवेक ओबेरॉय

विवेक ओबेरॉयले पनि नरेंद्र मोदीलाई बधाई दिएर लेखेका छन्, ‘एक नयाँ विहानी आयो, देशका नागरिकले नरेन्द्र मोदीलाई भोट दिए । यो पूरै देशवासीको जित हो । आशा छ, रचनात्मक सोच र सबैको साथ लिएर चल्ने भावनाको जीत भएको छ । जनतालाई विभाजन गर्ने राजनीतिको लज्जास्पद हार भयो ।’

प्रीति जिन्टा

अभिनेत्री प्रीति जिन्टाले लेखकी छिन्, ‘विहानैदेखि मुटु कडा कडा रुपमा धड्किरहेको छ । हरेक भारतीयले आफ्नो भोट दिएका छन् । म यो कुरामा खुसी छु कि आउने सरकार स्थायी सरकार हुनेछ ।’

एजेन्सी