काठमाडौं, १३ जेठ । नेपालको होमग्रोन इलेक्ट्रोनिक्स ब्राण्ड डिआरएनले १९ वर्ष पूरा गरेको छ ।
१९ वर्षअघि रेडियोबाट उत्पादन थालेको यो कम्पनीलेअहिले पछिल्लो प्रविधिमा आधारित स्मार्ट कर्भ्ड टिभी उत्पादन गरिरहेको छ ।
डिआरएनले पत्रकार सम्मेलन गरेर कम्पनीले १९ वर्षको अवधिमा कम्पनीले प्राप्त गरेको उपलब्धीको बारेमा जानकारी दिएको छ ।
‘नेपाली ब्राण्डमा इलोक्ट्रोनिक्स सामान उत्पादन गरेको १९ वर्ष पूरा भएको छ ।
‘हामीले रेडियोबाट भिसिडी हुँदै स्मार्ट कर्भ टिभी उत्पादन गरिरहेका छौं’, डिआरएन ओभरसिजका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले भने, ‘२०४६को प्रजातन्त्र पुनर्स्थापनापछि चिनियाँ ब्राण्डको विस्तारै नेपालमा दबदबा कायम राखे । त्यही बेला चीनसँगको व्यापारमा हामी समेत सहभागी भयौं।चिनियाँ सामान आयात गरेर बिक्री वितरण गर्ने काम हामीले पनि थाल्यौं । ०५६ साल असोज १७ गते कम्पनी रजिष्टार कार्यालयमा डिआरएन दर्ता गर्यौं ।’
निर्देशक रजनिश श्रेष्ठले गुणस्तरीय उत्पादन भएकै कारण अन्तर्राष्ट्रिय ब्राण्डसँग खरो प्रतिस्पर्धा गरिरहेको बताए । ‘हामीले विश्व बजारको इन्नोभेसनलार्इ एडप्ट गरेका छौं’, उनले भने, ‘गुणस्तरमा हामी सबैभन्दा सचेत हुन्छौं त्यही भएर हामीले बहुराष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्न सफल भएका छौं ।’ उहाँले स्मार्ट कर्भ्ड टिभी १ सय ८० डिग्रीमा हेर्न मिल्ने बताउँदै हाइ रेजुलेशन रहेकोले टिभी हेर्दा उत्कृष्ट अनुभव पाइने बताए ।
कम्पनीले डिआरएन ब्राण्डमा फाइभ इन वान, टु इन वान, थ्री इन वान स्पीकर बजारमा ल्याएको छ । कम्पनीले ५५, ४३, ३९ र ३२ इन्चमा स्मार्ट कर्भ टिभी ल्याएको छ । उनका अनुसार यो वाहेक टेलिफोन सेट,स्मार्ट टिभी बक्स, आइरन, इमर्जेन्सी लाइट, सिएफएल तथा एलइडी वल्व, पंखा, मच्छडब्याट, मल्टी प्लग र टर्च लाइट समेत छ ।
कम्पनीकी प्रवन्ध निर्देशक केशरी श्रेष्ठले नेपालको उद्योगीले आफ्नै ब्राण्डमा इलक्ट्रोनिक्स सामान उत्पादन गरि बिक्री गर्नु आफैँमा चुनौतीपूर्ण भएपनि जोखिम लिएर ब्राण्ड स्थापित गर्न सफल भएको बताए ।















प्रतिक्रिया