काठमाडौं, ११ जेठ । सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको चुक्तापुँजी रु. ८ अर्ब पु-याउन बुझाएको पुँजी योजना बमोजिम ४० प्रतिशत हकप्रद शेयर वितरण गर्न बैंकले शेयर बिक्री प्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
जसमध्ये संस्थापक समूहको आवेदन नपरेको २९,९२,२१०.२५ कित्ता हकप्रद शेयर बिक्रीको लागि जेठ ९ गतेसम्म शिलबन्दी बोलपत्र माग गरिएको छ । कुल ३२,२५,६२० कित्ता शेयरको लागि आवेदन परेकोमा अधिकतम बोली रु १५० र न्यूनतम बोली रु १०० परेको छ ।
यससंगै बैंकको चुक्ता पुँजी रु सात अर्ब पच्चीस करोड त्रियानब्बे लाख दश हजार तीन सय बैसठ्ठी पुग्ने बैंकले बताएको छ ।
आ.व. २०७४/७५ को चैत्र मसान्तसम्म २००,००० भन्दा बढी ग्राहकहरू रहेको, करिब रु. ३७ अर्वको निक्षेप परिचालन गरी करीव रु.३६ अर्वभन्दा बढीको कर्जा लगानी गर्नुका साथै रु ३५ करोड खुद मुनाफा कमाउन सफल भएको सिभिल बैंकको कुल शाखा संख्या ६१ पुगेको पनि बैंकले जनाएको छ ।
सिभिल बैंकले संचित मुनाफाबाट बोनस शेयर वितरण गरी अपुग चुक्ता पुँजी पु-याउने कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।















प्रतिक्रिया