२९ आश्विन २०८३, बिहिबार

चीनको साङ्घाईमा भागदौड हुँदा ३५ को मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China 35 died

साङ्घाई, १७ पुस । नव वर्ष मनाउने क्रममा साङ्घाईमा बुधबार राति  भएको भागदौडमा परी ३५ को मृत्यु भएको स्थानीय अधिकारहरुले जनाएका छन् ।

केन्द्रीय साङ्घाईको नदी किनारमा अवस्थित बन्ड क्षेत्रमा  अति बृहत् सङ्ख्यामा स्थानीय जनताहरु बुधबार राति नव वर्ष आगमनको प्रतीक्षा गर्दै उल्लासमय वातावरणमा रमाइरहेका थिए ।

साङ्घाई भएर बग्ने विशाल हवाङ्ग नदी किनारको चोकहरुमा जम्मा भएका १६, १७ वर्षसम्मका युवा युवतीहरुबीच एक्कासि भागदौड मच्चिँदा ३५ जनाको मृत्यु हुनुका साथै अन्य ४२ जना घाइते भएका छन् । मृतकहरुमध्ये २५ जना महिला  रहेका  पनि जनाइएको छ ।

घाइतेहरुमध्ये पनि अधिकांश २० देखि २२ वर्षका युवायुवती रहेका र तीमध्ये पनि अधिकांश महिलाहरु नै परेको जनाइएको छ । साङ्घाई महानगरको जनसङ्ख्या दुई करोड ३० लाखभन्दा बढी रहेको छ ।

महानगरको रमणीय, सधैँ भीडभाड भइरहने बजार क्षेत्र र प्रकाशको झिलीमिलीले अत्यन्त रमाइलो रहने बन्ड क्षेत्रमा बुधबार राति ११ बजेर ३५ मिनेट जाँदासो घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटना र भागदौडका कारण हालसम्म खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको जानकारी दिएको छ  । रासस/सिन्ह्वा