
काठमाडौँ, ९ जेठ । जनता बैंक लिमिटेडले थप पाँच स्थानमा आफ्ना शाखा स्थापना गरि कारोबार शुरु गरेको छ ।
सिराहको गोलबजार नगरपालिका–४, रसुवाको नौकुण्ड गाउँपालिका–२, रामेछापको दोरम्बा गाउँपालिका–३, जुुम्लाको तातोपानी गाउँपालिका–३ र रसुवाकै कालिका गाउँपालिका–२ मा नयाँ शाखा संचालनमा ल्याएको हो ।
यसमध्ये कालिका स्थान शाखा एक्स्टेनशन काउन्टरलाई स्तरोन्नति गरि शाखामा रुपान्तरण गरिएको हो भने बाँकी ४ शाखाहरु नयाँ खोलिएका हुन् । यी शाखाहरु मार्फत स्थानीय उद्योगी, व्यापारी तथा सर्वसाधारणले सम्पूर्ण आधुनिक बैकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११५ पुगेको छ भने बैंकले ४० शाखा रहित बैंकिङ, १ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया