
काठमााडौँ, ९ जेठ । बुद्ध एयरले यहि जेठ १८ गते (जुन १) बाट दैनिक विराटनगर – काठमाण्डौ बिहानी उडान गर्ने भएको छ । विराटनगरबाट बिहानै ७ बजे काठमाडौंका लागि जहाजले उडान भर्नेछ । जहाज ७ः४० बजे काठमाडौंमा अवतरण गर्नेछ ।
यसैगरि काठमाडौंबाट सा“झ ६ बजे विराटनगरको उडान पनि थपिएको छ । सो जहाज बेलुका विराटनगरमै बस्ने कम्पनीले प्रेस विज्ञप्तिमा जनाएको छ । विराटनगरमा रात्रि विश्रामले आर्थिक हिसाबले कम्पनीलाई थप व्ययभार पर्ने निश्चित छ । यसो गर्दा यात्रुहरुलाई समयमा नै गन्तव्यमा पुग्न सजिलो हुने कम्पनीले बिश्वास लिएको छ ।
विहान १० बजेदेखि सा“झ ५ बजेसम्म काठमाडौं त्रिभुवन विमानस्थलमा अत्यधिक उडानहरुको चापले गर्दा प्रायः विभिन्न घरेलु उडानहरु विलम्व हुने गरेको छ । सा“झ ६ बजेको उडान थपिनुको मुख्य कारण पनि यही नै हो ।
यस उडानबाट कामकाजीहरुलाई एक दिनमै काठमाण्डौमा आफ्नो काम सकेर बेलुका विराटनगर फर्किन सहज हुने कम्पनीको विश्वास छ ।
यसअघिका उडानहरु काठमाडौंबाट उडान भरि फेरि काठमाडौं नै फर्किने गरेको थियो ।
रात्रिकालिन उडान अवतरणका लागि विराटनगरमा VORDEM र RNAV-GNSS प्रविधि तथा रनवे लाईट जडान भइसकेको छ । कम भिजिविलिटीमा पनि यस प्रविधिबाट जहाज उडान तथा अवतरण गर्न सक्छ ।















प्रतिक्रिया