काठमाडौं, ९ जेठ । एनआईसी एशिया बंैक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा रू. १ लाखसम्मको राजश्व छिटो, छरितो, सरल एवं सुबिधायुक्त रुपमा खाता रहेका ग्राहकहरूले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ ।
सुबिधा उपयोग गर्न बैंकका ग्राहकहरूले एक पटकका लागि आफ्नो खाता नं. एनसीएचएलको ई–पेमेन्ट सम्बन्धी वेबसाइटमा दर्ता गराई फारम डाउनलोड गरी बैंकको कुनै पनि शाखामा गई रुजु गराउनु पर्ने र रुजु भए पश्चात रू. १ लाखसम्मको राजश्व कुनै पनि समयमा नेपाल सरकारको राजश्व भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
सो सम्बन्धी विस्तृत विवरण नेपाल क्लियरिङ्ग हाउसको वेबसाइटबाट समेत प्राप्त गर्न सकिनेछ ।
ग्राहक महानुभावको सुविधालाई मध्यनजर गर्दै डिजिटल भुक्तानी प्रणाली अन्र्तगत यस्ता सुविधाहरूलाई भबिष्यमा अझ थप गर्दै लैजाने बैंकले विश्वास लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २१६ शाखा कार्यालय, २०३ एटिएम ६ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रु १५९ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. ११० अर्ब र कुल निक्षेप करिब रु. १३६ अर्ब पुगिसकेको छ ।
हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरूमध्ये अग्रणी स्थानमा रहेको छ ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।















प्रतिक्रिया