
काठमाडौँ, ८ जेठ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विगत केही दिनदेखि संगठनका विरुद्ध विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचारहरु सम्प्रेषण भएको भन्दै संगठनले ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी समर्थन भनि विद्रोही पर्यटन व्यवसायीले समानान्तर समिति बनाउन थालेपछि संगठनले विज्ञप्ती निकालेको हो । एउटै पार्टी निकट दुई पर्यटन व्यवसायी हुन नसक्ने संगठनका अध्यक्ष मदन आचार्यले जनाए ।
संगठनको नयाँ कार्यसमिति गएको फागुन ११ र १२ गते तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल प्रमुख आतिथ्यतामा भएको दोस्रो राष्ट्रिय महाधिवेशनबाट चयन भएको विज्ञप्तीमा स्पष्ट पारिएको छ ।
साथै, एमाले–माओवादी एकताको स्वागत गर्दै बाम विचारधारा बोक्ने पर्यटन व्यवसायी संगठनहरुको एकता पार्टी एकताको स्प्रीट र निर्देशन अनुसार छिटोभन्दा छिटो गरिने पनि अध्यक्ष आचार्यले जनाएका छन् ।
संगठनले पार्टीको विधि, पद्धति र संगठनको मर्यादा विपरित भ्रामक समाचार सम्प्रेषण नगर्न पनि अनुरोध गरेको छ ।
















प्रतिक्रिया