३० आश्विन २०८३, शुक्रबार

नयाँ वर्ष मनाउने तरिका, थरिथरिका !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

newyear-2015-2

काठमाडौँ, १७ पुस । आजबाट अंग्रेजी पात्रो फेरिएको छ । विश्वभरीबाट सन् २०१४ औपचारिक रुपमा विदाई भएको छ  । यतिबेला नयाँ वर्ष २०१५ लाई विश्वभरी नै औपचारिक रुपमा स्वागत गरिएको छ । newyear-2015-4

राती १२ बजेबाट नयाँ वर्ष २०१५ को प्रारम्भ भएसँगै विश्व नै एक रातका लागि जागा भयो । त्यसको धेरथोर नेपालमा पनि प्रभाव पर्‍यो । सन् २०१४ लाई औपचारिक रुपमा विदाई गरेर २०१५ लाई स्वागत गर्ने क्रममा विश्वभरका मानिसहरुले आ–आफ्नो देशको मुख्य शहरहरुमा नयाँ वर्ष २०१५ लाई हर्षोल्लासका साथ स्वागत गरेर मनाए । russ1

बुधबार मध्‍यराति सिड्नीको ओपेरा हाउस र हार्पर ब्रिजमा चम्किला आतसबाजीको साथमा नयाँ सन् २०१५ लाई स्वागत गरेको थिए। फिजी, न्‍यूजिल्‍याण्ड, लन्डन, जापान, दुबइ, मस्को जस्ता शहर पनि त्यसबाट अमछुतो रहेनन् । उनीहरुले पनि आ–आफ्नै शैली र पारामा नयाँ वर्षको आगमनलाई स्वागत गरे।

सिड्नीका मेयर क्लोभर मुरले सिड्नीले नयाँवर्षको पूर्व सन्ध्यामा मनाउने कार्यक्रम विश्वप्रसिद्ध भएको र यसले विश्वका करिब एक अर्ब मानिसको ध्यान आकर्षण गर्ने दाबी गरेका समाचारहरु प्रकाशित भएका छन् ।

sydney1
दुबइको बुर्ज खालिफा डाउनटाउनबाट समेत १ घण्टाको समयसम्म चम्किला आतसबाजीको साथमा स्वागत गरियो । बेलायतको लन्डनममा नयाँ वर्ष २०१५को हर्षोल्लासका साथ स्वागत गरिएको थियो। लन्डनमा मानिसहरुले आतसबाजीमा रमाइ रमाई नाचिरहेका थिए।

लण्डन स्काई ब्रिजमा झण्डै १२ हजार पटाका पडकाइएको थियो जसको तौल १५ टन रहेको डेलीमेलले जनाएको छ । यसैगरी चाइनाको ग्रेटवालबकाट समेत नयाँ वर्ष २०१५ लाई झिलिमिल पारेर स्वागत गरीएको थियो। एजेन्सीहरुको सहयोगमा