२ कार्तिक २०८३, सोमबार

पर्यटन बोर्डका प्रमुख जोशी पाटाको डेस्टिनेशन बोर्ड अध्यक्षमा नियुक्त

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशी प्यासाफिक एसिया ट्राभल एसोसिएसन(पाटा)को गभरमेन्ट डेस्टिनेसन बोर्डको अध्यक्षमा सर्वसहमत चयन भएका छन् ।

दुई वर्षअघि बोर्डको कार्यकारी प्रमुखका रुपमा नियुक्तीसँगै भूकम्प र इन्धन आपूर्तीको असहजताका बीच पर्यटनलाई पूनःताजगी र चाहिएको बजारीकरण गराउन बोर्डको प्रयासहरुमा नेतृत्व गरेका जोशी पाटामा नेपालको आबद्धताको पाँच दशक पछि यस किसिमको कमिटीको अध्यक्षता गर्ने पहिलो नेपाली भएका छन् ।

जोशीले यो अवसरलाई सम्पूर्ण सदस्य राष्ट्रहरु विशेषतः नेपालको पर्यटनको गुणात्मक बृद्धिका लागि अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । उनले पर्यटनको स्थायित्व लाभको साझेदारी र पर्यटनका गन्तब्यहरुको साझा हेरबिचारबाट सम्भव हुने पनि बताए ।

सोही अवसरमा टेम्पल टाइगर समूहका प्रबन्ध निर्देशक वसन्तराज मिश्रलाई उनको पाटामा २५ वर्षको आबद्धता र योगदानका लागि लाइफ टाइम अचिभमेण्ट अवार्ड प्रदान गरियो ।

दक्षिण कोरियाको वाङहोङमा भएको पाटाको साधारणसभाबाट भएको यो चयनले सम्पूर्ण नेपाल र नेपालीको प्रतिष्ठाको विषय भएको छ । पाटा पर्यटनको विविध क्षेत्रमा विशिष्टता र विशेषज्ञताका लागि परिचित छ ।

पाटामा एसिया प्यासफिक क्षेत्रका ९५ सरकारी, सहरी पर्यटन संस्था, २५ बढी अन्तर्राष्ट्रिय एयरलाइनस र एयरपोर्ट, १०८ अस्पिटालिटी संस्था, ६५ बढी शैक्षिक संस्थाहरु रहेका छन् भने ३६ बढी स्थानीय च्याप्टरमा लाखौ पर्यटन व्यवसायी संलग्न छन् ।