२ कार्तिक २०८३, सोमबार

सानिमा लाईफ र गैर आवासीय नेपाली संघबीच सम्झौता

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ जेठ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघबीच सम्झौता भएको छ ।

गैर आवासीय नेपाली संघका विश्वभरका सदस्यहरुलाई सुलभ रुपमा आधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा उपलब्ध गराउने सम्वन्धि सम्झौता भएको हो ।

सानिमा लाईफ इन्स्योरेन्का सञ्चालक घनश्याम थापा, गैर आवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारी, एनआरएन रसियाका खेमराज लामिछाने लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज के.सी तथा एनआरएनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्त कुमार दवाडी ले सम्झौता पत्रमा हस्ताक्षर गरे ।