२९ आश्विन २०८३, बिहिबार

कञ्चनपुरमा दूधको मूल्य नबढ्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

milk-collectionकञ्चनपुर, १६ पुस । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थाले बुधबारदेखि लागू हुने गरी दूधको मूल्य वृद्धि गरे पनि कञ्चनपुरमा भने दूधको मूल्य नबढ्ने भएको छ ।

कञ्चनपुर निजी डेरी एसोसिएसनले संस्थानले वृद्धि गरेको मूल्यअनुसार दूधको कारोबार नगर्ने जनाएको हो ।

कञ्चनपुर निजी डेरी एसोसिएसनका अध्यक्ष प्रेमप्रकाश पाठकलले सरकारी स्वामित्वमा रहेको संस्थानले बढाएको मूल्यअनुसार कञ्चनपुरका डेरीले तत्काल कारोबार नगर्ने बताउनुभयो ।

संस्थानको मूल्य अनुसार कारोबार गरे उपभोक्ता मारमा पर्ने भन्दै निजी डेरीले पूरानै मूल्यमा दूध बिक्री वितरण गर्ने अध्यक्ष पाठकले बताउनुभयो ।

एक दुई महिनापछि निजी डेरी एसोसिएसन कञ्चनपुरको बैठक बेलाएर दुधको मूल्य वृद्धि गरिने अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

दुग्ध विकास संस्थानले पुस १६ गतेदेखि लागु हुने गरी स्ट्याण्डर्ड दूध प्रतिलिटर निलो पाकेटको मूल्य रु ८ वृद्धि गरी रु ६४, गाईको दूध रु ८ वृद्धि गरी रु ७२ र फ््याक्टमुक्त हरियो पाकेटको दूधको मूल्यमा रु १० बढाएर रु ८० पु¥याएको छ । यहाँका निजी डेरीले प्रतिलिटर रु ५५ मा दूधको कारोबार गर्दैआएका छन् ।

निजी डेरीले दुग्ध पदार्थबाट बन्ने परिकारको मूल्यमासमेत वृद्धि नगर्ने र कायम भएको मूल्यमा कारोबार गर्ने भएका छन् ।

निजी डेरी एसोसिएसन कञ्चनपुरले दही प्रतिलिटर रु ८०, मही रु ४०, घ्यू रु ६९०, पनीर रु ४६०, खुवा रु ५००, क्रिम रु ५००, लस्सी प्रतिगिलास रु ३५ मा कारोबार गर्दैआएका छन् ।

निजी डेरीको दूधको मूल्य वृद्धि गरे सबै परिकारको समेत मूल्यमा वृद्धि हुने जनाएको छ । यहाँका निजी डेरीले दूधको गुणस्तर मापन गरेर रु ४० देखि रु ४५ मा कृषकबाट दूध खरिद गर्दैआएका छन् ।

निजी डेरी एसोसिएसनका अनुसार कञ्चनपुरमा २५ निजी डेरी सञ्चालनमा रहेका छन् । रासस