
काठमाडौँ, ३१ बैशाख जनता बैंकले सप्तरीको रुपनीबाट कारोबार शुरु गरेको छ । शाखा विस्तारको क्रमलाई निरन्तरता दिदै बैंकले सोमबार सप्तरीको रुपनी गाउँपालिका वडा नं. १ मा रहेको शाखाबाट कारोकार शुरु गरेको हो ।
सप्तरी जिल्लाको ग्रामिण क्षेत्रका साविकका ६ गाविस समेटिएर बनेको रुपनी गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।
साथै त्यस क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिई जीवनस्तर सहज बनाउने बैंकले अपेक्षा लिएको छ ।
यससँगै जनता बैंकको शाखा सञ्जाल एक सय १० पुगेको छ भने बैंकले ३३ शाखारहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया