२९ आश्विन २०८३, बिहिबार

हराइरहेको एयर एसियाको जहाजको खोजी: ६ वटा शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Air-Asia-Found-Family
इन्डोनेसिया, १५ पुस । तीनदेखि हराइरहेको एयर एसियाको जहाजका छ जना यात्रुको शव फेला परेको छ ।

जहाजको खोजी कार्यमा संलग्न इण्डोनेसियाका अधिकारीहरुले ६ वटा लाशहरु भेटिएको पुष्टि गरेका हुन । जसमध्ये तीनवटाको निकाली सकिएको र तीनवटा निकालन बाँकी रहेको बिबिसीले बताएको छ । उद्धारकर्ताहरुले जहाजका केही टुक्राहरु समुद्रमा देखिएको बताएका छन् ।

Air-Asia-Found-Family2

खोजी कार्यमा खटिरहेको इमरजेन्सी समूहका सदस्यले यसअघि समुद्रमा हराएको विमानका केही भाग र ढोकाजस्तो देखिने सेतो वस्तु भेटिएको बताएका थिए ।

Air-Asia-Found

खोजीकार्य विशेष प्रविधि र अग्रसरताका साथ भइरहेको भन्दै सोमबार विमानका जस्ता देखिने केही सेता भाग र टुक्राहरु एरियलबाट देखिएको तर त्यसको फोटो लिन सम्भव नभएको उद्दारकर्ताहरुको भनाइ थियो । एयर एसियाको जहाज आइतबार बिहान इन्डोनेसियाबाट सिङ्गापुरका लागि उडेको केही बेरपछि नै बेपत्ता भएको थियो ।

एयर फोर्सका अधिकारीले मध्य कालिमातान प्रदेशको समुद्रमा शव उत्खनन् र जहाज खोजी गरिरहेका छन् ।

Air-Asia-Found-Family3

जहाजको अन्तिम सम्पर्क विच्छेद भएको स्थान नजिकै ती वस्तु भेटिएकोले उक्त जहाज त्यहीँ दुर्घटनाग्रस्त भएको हुनसक्ने अनुमान गरिएको इन्डोनेशियाका अधिकारीले जानकारी दिए । एजेन्सी